प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्तिक २०८०
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८०-०७-२२

रूपन्देही, तिलोत्तमा नगरपालिका-२ तपलाइन बस्ने २८ वर्षीय बिकास सेरबुजालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम, नगद २१ हजार रूपैयाँ र मोबाइल १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।            बर्दिया, बाँसगढी नगरपालिका-८ पिसिओ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्रामसहित सोही नगरपालिका-४ मटरिया गाउँ बस्ने २२ वर्षीय निरज कार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।            यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ७ मिलिग्रामसहित सोही गाउँपालिका-७ पेडारी बस्ने २२ वर्षीय अभिषेक थारू समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।                 बाँके, बैजनाथ गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका-८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प २०२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।            सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

विभिन्न हातहतियारसहित दुई जना पक्राउ
२०८०-०७-१८

दाङ,गढवा गाउँपालिका-६ बस्ने ४९ वर्षीय दिल बहादुर राना र ४५ वर्षीय निम बहादुर बुढालाई विभिन्न हातहतियारसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले बगाले बिसाउने सामुदायिक वनबाट दिलबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १३ थान, छर्रा २४ थान, बारुद करिब ५० ग्राम, खुकुरी २ थान र बन्दुकमा लगाउने केप ७ थान तथा निमबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १० थान, छर्रा १३ थान, बारूद करिब ५० ग्राम र बन्दुकमा लगाउने केप ५ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०७-१३

बाँके,नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनोद तामाङ, २१ वर्षीया निलु वली र रूकुम मुसीकोट नगरपालिका-१ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीया लक्ष्मी बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट बुशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०८०-०७-११

बाँके,कोहलपुर नगरपालिका-११ स्थित सडकमा भे.२ त २४३ नम्बरको ट्याक्टरमा भे.५ प ५०५ नम्बरको मोटरसाइकल ठक्कर खाई भे.१२ प ८२८ नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा भे.५ प ५०५ नम्बरको मोटरसइकलमा सवार नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २४ वर्षीय अमृत गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको मेडिकल कलेज कोहलपुरमा र २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
२०८०-०७-११

बाँके,कोहलपुर नगरपालिका-११ रेडक्रस रोडबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही नगरपालिका-६ बस्ने २० वर्षीय सुरेन्द्र चौधरी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।            यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ट्याब्लेटसहित मुगु सोरू गाउँपालिका-९ बस्ने २६ वर्षीय प्रकाश मान शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०८०-०७-१०

बर्दिया, १० कात्तिकमधुवन नगरपालिका-६ गाउँ नम्बर ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-७ गाउँ नम्बर ७ बस्ने २३ वर्षीय संदिप नेपाली, सोही नगरपालिका-५ गाउँ नम्बर ८ बस्ने २२ वर्षीय माधब भण्डारी, सोही नगरपालिका-६ गाउँ नम्बर ४ बस्ने गणेश ओली, सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र १६ वर्षीय किशोर रहेका छन् ।            ई‍लाका प्रहरी कार्यालय ढोढरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले संदिप नेपालीलाई ४० मिलिग्राम, माधब भण्डारीलाई ३० मिलिग्राम, गणेश ओलीलाई २ सय मिलिग्राम तथा नगद २४ हजार ४ सय २६ रूपैयाँ र दुई जना किशोरलाई ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८०-०७-०८

रूपन्देही, सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।        नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-८ बैकुन्ठपुरस्थित सडकमा लु.९० प ४१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका-१४ रेक्सहवा बस्ने २७ वर्षीय दिपेन्द्र साहानीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

लुटपाट गरेको अभियोगमा दुई जना किशोर पक्राउ
२०८०-०७-०२

दाङ, २ कात्तिक तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।            सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरुले उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित सोही उपमहानगरपालिका-१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८०-०७-०१

रूपन्देहीतिलोत्तमा नगरपालिका-१ ड्राईभर टोलमा लु.५४ प ५६९३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ मंगलापुर बस्ने २६ वर्षीय सावन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।दाङशान्तिनगर गाउँपालिका-५ रतभटुवास्थित सडकमा रा.३ प ४३२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १४ वर्षीय सुनिल विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<